अपराध-दुर्घटना
-
२०७६ आषाढ २४, मंगलबार
टेलिकमको तार चोरी गर्ने तीन पक्राउ
नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल तार चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो । वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको...
-
२०७६ आषाढ २४, मंगलबार
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु...
-
२०७६ आषाढ २४, मंगलबार
प्रहरी द्धारा हवाई फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु
सर्लाहीमा प्रहरी द्धारा हवाय फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु सर्लाही इश्वरपुरम ढुंगागिटी उत्खनन गर्दा बनेको खाल्डोम परि डुबेर अमितकुमार साहको मृत्यु भयो । त्यसैको विरोधमा भएको पर्दशनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको पनि मृत्यु भएको छ । प्रर्दशनको क्रममा प्रहरी द्धारा हवाइ फायरीङ गर्दा यादवको मृत्य भएको हो भन्ने प्रहरीको दावी छ । यस विषयबारे मंगलबार काग्रस र...
-
२०७६ आषाढ २४, मंगलबार
पाँच हजार छ सय सवारी साधन कारवाहीमा
ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने सवारी...
-
२०७६ आषाढ २३, सोमबार
डाइभर्सन बाढीले बगाउँदा मालवाहक गाडी ठप्प
पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा...
-
२०७६ आषाढ २३, सोमबार
सवारी दुर्घटनामा ७९ को मृत्यु
सिरहा जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहा जनाएको छ । चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी...
-
२०७६ आषाढ २३, सोमबार
बिरामीलाई अस्पताल पठाउने झाँक्री चित्रबहादुर
गएको असार १३ गते विषालु च्याउ खाँदा राक्सिराङकी १३ वर्षीया एक बालिकाको मृत्यु भयो । च्याउ खाएर बिरामी परेका चेपाङ परिवारले स्वास्थ्य ंसंस्था वा अस्पताल जानुपर्छ भन्ने भेउ समेत पाएनन् । उनीहरुले च्याउको विष मार्न झारफुक र तन्त्रमन्त्रको सहारा लिए । तीन दिनसम्म चिन्ता बस्ने, ढ्याङ्ग्रो ठोक्ने र बलि दिने गर्दा पनि विषको असर कम भएन । उल्टै च्याउ खाएर बिरामी परेकाहरु झन् सिकिस्त हुँदै गए । ते¥ह...
-
२०७६ आषाढ २३, सोमबार
बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा९६प ७१७३ नंको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । आज उक्त मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक काठमाडौँ तारकेश्वर नगरपालिकाको मनमैंजु बस्ने धादिङका २१ वर्षीय भुवन आलेको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आलेको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारका क्रममा...
-
२०७६ आषाढ २२, आइतबार
प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते
नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की ९राजन० प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते हुनुभएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै लगिएको छ । शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा...
-
२०७६ आषाढ २२, आइतबार
विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते
विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको...
-
२०७६ आषाढ २२, आइतबार
बाढीले बगाउँदा दुई बेपत्ता
गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद...
-
२०७६ आषाढ २२, आइतबार
अनौठा प्रकृतिका अपराध, छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत
हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो । रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग...


