STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७५ चैत्र १४, बिहिबार

    सम्पदामा बाँदरको आक्रमण

    प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ । उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको राम्दीलगायत स्थानका सम्पदामा अध्ययनपछि यस्तो निष्कर्ष निस्केको हो । मानिसको सौहार्दता र बढी खाना पाइने भएकाले सम्पदा क्षेत्रमा क्षमताभन्दा बढी बाँदर छन्...

  • २०७५ चैत्र १४, बिहिबार

    आगलागीमा २० लाखभन्दा बढीको क्षति

    सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...

  • २०७५ चैत्र १४, बिहिबार

    बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२...

  • २०७५ चैत्र १४, बिहिबार

    विप्लव समूहका १७ जना धरौटीमा रिहा

    राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता अधिकारी, हीरा...

  • २०७५ चैत्र १३, बुधबार

    प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ

    बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । “गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ...

  • २०७५ चैत्र १३, बुधबार

    बुटवलमा गोली प्रहार गरी भारतीयको हत्या

    बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको आज अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी...

  • २०७५ चैत्र १३, बुधबार

    सखुवाको काठ बरामद

    डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । सो काठ...

  • २०७५ चैत्र १३, बुधबार

    विप्लव समूहका चार कार्यकर्ता पक्राउ

    जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम...

  • २०७५ चैत्र १३, बुधबार

    लागुऔषध ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

    प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद ग¥यो...

  • २०७५ चैत्र १३, बुधबार

    दुर्घटनामा तीनको मृत्यु

    सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले...

  • २०७५ चैत्र १३, बुधबार

    बलात्कारको आरोपमा तामाङ पक्राउ

    झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार...

  • २०७५ चैत्र १३, बुधबार

    ‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन्’

    समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना...

Pages