राष्ट्रिय
-
२०७६ बैशाख १५, आइतबार
आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा
जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक...
-
२०७६ बैशाख १५, आइतबार
गृहमन्त्रीद्वारा भवन उद्घाटन
गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले...
-
२०७६ बैशाख १५, आइतबार
सन्दर्भ स् २३औँ राष्ट्रिय चिया दिवस, वार्षिक सवा तीन अर्बको चिया निर्या
मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४÷७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोही आवमा मुलकभर २८ हजार ५९५ हेक्टर जमीनमा गरिएको चिया खेतीबाट २४ हजार ८०४ मेट्रिकटन चिया...
-
२०७६ बैशाख १५, आइतबार
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह शुरु
कार्यस्थलमा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ का अवसरमा आजदेखि ‘१९औँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ शुरु भएको छ । विभिन्न प्रकृतिका श्रमको सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमा पर्न सक्ने असर न्यूनीकरण गर्ने अभिप्रायले ‘कामको भविष्य र सुरक्षा तथा स्वास्थ्य’ भन्ने...
-
२०७६ बैशाख १५, आइतबार
यातायातामा सुधार
जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो । उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डोल्पा प्रशासनको कार्य निकै राम्रो लाग्यो, सिटभन्दा बढी यात्रु नराख्दा...
-
२०७६ बैशाख १५, आइतबार
ताराखोलाको परीक्षण उत्पादन सफल
जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । “विद्युत्गृहको परीक्षण सफल भयो”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भन्नुभयो, “अब वितरणको काम बाँकी छ ।” सिभिल र...
-
२०७६ बैशाख १५, आइतबार
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार चाइना कमरसियल स्टक इन्टरप्राइजेज को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको...
-
२०७६ बैशाख १५, आइतबार
जेष्ठ नागरिकको भत्ता बढ्छ रक्षामन्त्री पोखरेल
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य...
-
२०७६ बैशाख १५, आइतबार
उत्पादनमुखी बजेटमा जोड
प्रनिनिधिसभाअन्तर्गतको अर्थ समितिद्वारा आज यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ । बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षाअनुरुप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राख्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौगोलिकताका आधारमा बजेट...
-
२०७६ बैशाख १३, शुक्रबार
आचारसंहिता सप्ताह समापन
नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने हुनाले सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सदाचारको उत्साह भन्ने मूल भावनासहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा नेपाली जनताले सेनालाई इतिहासको सर्जक, वर्तमानको आधार र भविष्यको आस्थाको धरोहरका रुपमा लिँदै आएको पक्षलाई हामीले बुझ्न...
-
२०७६ बैशाख १३, शुक्रबार
लेखापढी कानून व्यवसायी सेवाग्राहीमैत्री हुनुपर्छ
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सेवाग्राहीको सेवामा विभेद गर्न नहुने बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको नववर्ष ०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लेखापढी व्यवसायीको सहयोगले सेवाग्राहीको काममा सहजता आउने हुँदा धनी र गरीब बीचको सेवामा विभेद गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार...
-
२०७६ बैशाख १३, शुक्रबार
भूकम्पको चार वर्ष ः ‘अधिकार आयो, जनशक्ति आएन’
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन । जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ । जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको...


