STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०८० आषाढ ८, शुक्रबार

    नेपालभाषा अध्ययन गर्ने छात्राहरुलाई नीलपद्म छात्रवृत्ति दिने घोषणा

    नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ । वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरकी धर्मपत्नि नीलशोभा तुलाधरको पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिकालागि नीलपद्म अक्षयकोष खडा गरिएको कुरा परिवारले जनाएको छ ।  नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत सुन्दर ब्वनेकुथिमा...

  • २०८० आषाढ ४, सोमबार

    बेसाहारा बालबालिका भर्ना गर्दैनन् सामुदायिक विद्यालय

    उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् ।  जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले बजार क्षेत्रका सामुदायिक विद्यालयले पूर्व बालश्रमिकहरुको...

  • २०८० जेठ ३२, बिहिबार

    काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

      काठमाडौं - मापदण्ड विपरित मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्ड भन्दा विपरित एसईईको नतिजा नै नआइकन विद्यार्थीहरुलाई प्रलोभनमा परेको पाइएको भन्दै मेला बन्द गराएको हो । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन...

  • २०८० जेठ ३१, बुधबार

    लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

    लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो । पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक...

  • २०८० जेठ २३, मंगलबार

    छात्रवृत्ति नदिने काठमाडाैँका स्कुललाई कारबाहीको चेतावनी

    काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाह -(बालेन)ले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित...

  • २०८० जेठ ९, मंगलबार

    अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

    काठमाडौं - नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी...

  • २०८० बैशाख २६, मंगलबार

    कक्षा १२ को वार्षिक परीक्षा सुरु

    काठमाडौं - कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार...

  • २०७९ चैत्र २८, मंगलबार

    निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन

    काठमाडौं - शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने...

  • २०७९ चैत्र २६, आइतबार

    विद्यालयले किताब र पोसाक बेच्ने काम दण्डणीय : मेयर शाह

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएकाले दण्ड सजाय हुने बताएका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक९पटक...

  • २०७९ चैत्र २५, शनिबार

    नेवाः विद्यार्थी युनियनले बहुभाषिक शिक्षामा जाेड दिँदै शिक्षामन्त्री राईलाई बुझाए ज्ञापन पत्र

    नेवार विद्यार्थीहरुको साझा संगठन नेवाः विद्यार्थी युनियनले प्राथमिक तहका साथै कक्षा १२ सम्म स्कूलहरुमा नेपाल भाषा अध्ययन अध्यापनको व्यवस्था गराअोस् भन्ने मागसहित शिक्षामन्त्री अशोक राईलाई उनकै निवास शंखमुलमा भेटेर बुधबार ज्ञापन पत्र बुझाएका छन् । नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, सदस्य सुमित रञ्जित र श्रीजनमान श्रेष्ठले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा नेपालको...

  • २०७९ चैत्र २३, बिहिबार

    नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

    काठमाडौं -मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । “बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ...

  • २०७९ चैत्र २३, बिहिबार

    मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईईका १ सय १६जना नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं- मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरूको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा...

Pages