एकसय ७ वर्षीय सापकोटा सम्मानित
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १३, सोमबार
नवलपरासी गैँडाकोट–८ निवासी १०७ वर्षीय भूमिश्वर सापकोटा सम्मानित हुनभएको छ । श्रीवैष्णव परिषद् नेपाल, नवलपुर शाखाले सम्प्रदायकै ज्येष्ठ नागरिकका रुपमा शनिबार उहाँलाई सम्मान अर्पण गरेको हो ।
बागलुङ दमेकम विसं १९७१ मा जन्मिनुभएका सापकोटा शतवार्षिक अभिनन्दनबाट सम्मानित भइसक्नुभएको छ । उहाँले विसं २०२८ बाट गैँडाकोटलाई कर्मक्षेत्र बनाउनुभएको थियो ।
भागवत चिन्तनमा आस्था राख्ने उहाँ विसं २०३९ मा चितवन लङ्कु निवासी रामानुज सम्प्रदायका विशिष्ट आचार्य विद्वान् श्री १००८ स्वामी श्रीधराचार्यजी महाराजबाट वैदिक विधिअनुसार श्रीवैष्ण सम्प्रदायमा प्रवेश गर्नुभएको थियो । सम्प्रदायकै ज्येष्ठ नागरिक भएकाले उहाँलाई सम्मान गरिएको जिल्ला शाखा नवलपुरका निवर्तमान अध्यक्ष टीकाराम कँडेल माधवले बताउनुभयो । उहाँका छोरा तिलक सापकोटाले नैतिकता र आचारण सिकाउँदै समाजलाई सत्मार्गमा डोहो¥याउन आवश्यक रहेको बताउनुभयो । श्रीवैष्णव परिषद् नेपाल, जिल्ला शाखा नवलपुरको अध्यक्षमा स्वामी लक्ष्मणाचार्य चयन हुनुभएको छ ।
Categorized in राष्ट्रिय