STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं २४ वडामा कीटनाशक औषधि छरियो

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १४, शुक्रबार

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट बच्न काठमाडौं महानगरपालिका २४ वडा कार्यालय तथा महादेव मखन क्लबको सहयोगमा वडाका टोलहरुमा कीटनाशक औषधि छरिएको छ । २४ वडाका वडासदस्य एवं महादेव मखन क्लबका अध्यक्ष विनोद तुलाधर र क्लबका सचिव इन्द्रमणि कपालीको सक्रियतामा कीटनाशक औषधि छरिएको थियो । कोरोना भाइरस संक्रमणबाट सचेत एवं सतर्क रहँदै औषधि छर्ने कार्यलाई निरन्तरता दिइने तथा जनचेतनात्मक कार्यक्रम पनि अघि बढाइने वडासदस्य विनोद तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ कोरोना भाइरस संक्रमणले जनजीवन त्रसित बनाइरहेको छ । संक्रमण रोकथामको लागि विविध प्रयास भइरहेका छन् । स्थानीय निकायले पनि संक्रमण रोकथाममा सक्रिय कदम चालिरहेको छ भने सरकार, गैरसरकारी निकाय, संघसंस्थाले पनि विभिन्न कदम चालिरहेका छन् ।
Categorized in उपत्यका