पहलोपटक स्टाफ नर्समा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार
काठमाडौं – नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकैदिन ५७ जनामा देखिएको संक्रमणमा कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यसअघि कोही पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन ।
आजैमात्र पर्साका ३९ जना, कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय