काठमाडौं– एम्बेसडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदूत अञ्जान शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९-२०२०’ सम्मान गरेको छ ।
इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गने जनाएको छ ।
सो सम्मानका क्रममा अन्य तिन बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एशियाकै पहिलो राजदूत हुन् ।
Categorized in राष्ट्रिय