नागरिकता विधेयकको विरोधमा जसपाको प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार
काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ ।
माईतीघर मण्डलामा मंगलबार ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै जसपा नेताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।
पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी हुनुभएको छ ।
संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान पारित गरेको छ । नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाको माग छ ।
Categorized in राजनीति