STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

विजयरत्न असंबरे


वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिता निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित School of Indian Percussion and Music को १ महिने अनलाईन कोर्ष छात्रवृत्ति तथा नगद रु १० हजार जितेका छन् । अनलाईन तबला वादनको ग्रायण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय चौधरीले नगद पुरस्कार रु ७ हजार, तृतीय स्थान प्राप्त गरेका अभय महर्जनले नगद रु ५ हजार तथा सबैभन्दा बढी भ्यूज प्राप्त गरेका उजन डंगोलले रु ५ हजार नगद पुरस्कार जितेका छन् । साथै रुबि श्रेष्ठ लाखेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्् भने उत्कृष्ट १० मा पर्न सफल सत्येन्द्र भट्टराई, सपत शाक्य, निर्जल डंगोल, रोजमान महर्जन, राहुल शाक्य, आर्जल डंगोलले गुरु रविनलाल श्रेष्ठको जयश्री तालको सिडी तथा पुस्तक उपहार प्राप्त गरेका छन् । गुरु श्रेष्ठको स्मृतिमा तबला वादन प्रतियोगिताको आव्हान भएको हो । पहिलो चरणमा ३ मिनेटको वादन भिडियोको आव्हान गरिएको थियो जसमा २५ जना प्रतिस्पर्धी सहभागीता रहेको थियो । यही समूहबाट असारको पहिलो साता उत्कृष्ट १० को छनौट गरिएको थियो । उत्कृष्ट ३ जना तबला वादकको छनौट अमेरिकामा रहेका प्रसिद्ध भारतीय तबला वादक गौरीशंकर कर्माकरले गरेका हुन् । प्रतिस्पर्धाको नतिजामा निस्पक्षताका लागि उहाँलाई आग्रह गरिएको आयोजकले जनाएको छ । विशेषतः राम्रो वादककै खोजी यस प्रतिस्पर्धाको उद्देश्य हो । खुल्ला प्रतियोगिता तथा कार्यक्रम आयोजनाको आव्हान गरिएतापनि कोरोनाको जोखिमलाई ध्यानमा राखी अनलाईनमार्फत प्रतिस्पर्धा आयोजना गरिएको हो । १० बर्ष अघि गुरु रविनलाल श्रेष्ठप्रति समर्पित हुँदै उहाँकै शिष्यहरुबाट जयश्री संगीत समाज स्थापना भएको हो । गुरु श्रेष्ठको रचना जयश्री तालकै नामबाट यस संस्थाको नामाकारण गरिएको हो ।
Categorized in सिनेमा