STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिता गिरिलाई कारबाही गर्ने निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार

काठमाडौं : जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरिलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण दिएकी थिइनन्। सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्। जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्यो। र, जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्। यस मामलामा पनि सांसद गिरीको तर्क छ-नेपालले प्रमाण र स्रोत नपुर्याएरै नयाँ नक्सा ल्यायो र संविधान संशोधन ग¥यो। यही तर्कलाई आफ्नो अडान बनाउँदै गिरीले जेठ २८ गते सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्धमा संशोधन दर्ता गराइन्। गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्। अधिल्लो शनिबार संघीय संसदको प्रतिनिधिसभामा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदै थियो। सांसद गिरीले आफ्नो प्रस्तावमाथि बोल्न खोजिन्। तर, अन्य सांसदले होहल्ला गर्न थालेपछि सभामुखले उनको संशोधन प्रस्ताव खारेज भएको बताए। त्यसपछि संसदबाट उनी बाहिरिइन्। सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किइन् हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्। २०६३ सालमा सांसद गिरीको विवाह नेपालमा भयो। विवाह उनी विहारबाट नेपालको लहान जिल्लास्थित बस्तीपुरमा आएकी हन्। २०४६ सालको आन्दोलनका ताका गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्धभावना पार्टीको सदस्य भइन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी हुन्।
Categorized in राजनीति