STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“वन वे”को टोलीलाई शुभकामना

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

विजयरत्न असंबरे ः


नेपालभाषाको चलचित्र र कला क्षेत्रमा ख्याति कमाएका कलाकर्मीहरुको प्रयासमा “वन वे” नामक एउटा शर्ट फिल्म निर्माण सम्पन्न गरिएको छ । गत श्रावण ६ गते शुटिंग शुरु भएको यस शर्टफिल्मको शुटिंग तीन दिनमा सम्पन्न भएको थियो । शुटिंग सम्पन्न भएको अवसरमा एक कार्यक्रम आयोजना गरी कला अनुरागी लक्ष्मीकमल शाहीले सो शर्ट फिल्मका सम्पूर्ण कलाकार, प्राविधिक र सहयोगीहरुलाई खादा ओढाई नेवार परम्पराअनुसार सगुन दिई शुभकामना दिएका थिए । झस्का र थम्हं म्हूगु गाः लगायतका चलचित्रहरु लगायत थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका सुरेश खड्गीको निर्देशनमा बनेको यस शर्ट फिल्ममा आराध्य खड्गी, सुरज नापित र जुनु त्वायना लगायत भेस महर्जन,रवि महर्जनको अभिनय रहेको छ । यस शर्टफिल्मका निर्माता सुजन श्रेष्ठ, छाँयाकन र सम्पादन अमर चित्रकार, लेखन सनमकुमार श्रेष्ठ , सहायक निर्देशन रवि महर्जन, द्वन्द्व निर्देशन राजेन्द्र श्रेष्ठ र निर्माण नियन्त्रण श्रीमन मानन्धरको रहेको छ ।  
Categorized in सिनेमा