काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि दुवैकाे स्वाब परीक्षण गरिँदा मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ आएकाे जनाइएकाे छ ।
मेयर शाक्यको सचिवालयले जनाए अनुसार दुई दिनअघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको र अहिले उनी होम आइसोलेसनमा रहेकाे जनाइएकाे छ ।
Categorized in उपत्यका