१२ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा बिहीबार १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार कोरोनाले पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।
मन्त्रालयका अनुसार १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्। मन्त्रालयका अनुसार १८२ जनाको आइसीयूमा र ३९ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।
मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।
मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।
Categorized in राष्ट्रिय