STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेरिसडाँडामा पहिलाेपटक नेकपा सचिवालय बैठक

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ४, आइतबार

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक बैठक पेरिसडाँडामा सुरु भएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दूरी कायम गरी आसनको व्यवस्था गरिएको छ । 
Categorized in राजनीति