STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ ।

माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।

त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

प्रधानमन्त्री ओलीले माघ ९ गते वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ’एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो।

Categorized in राजनीति