कांग्रेसले गर्याे आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन
Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार
काठमाडौँ – कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ ।
उनले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने बताए ।
Categorized in राजनीति

