नेपाल विकासशील मुलुकको सूचीमा सिफारिस
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १५, शनिबार
नेपालललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा सूचीकरणको प्रक्रिया आरम्भ भएको छ ।
राष्ट्रसंघीय निकाय विकास तथा नीति समितिले सूचीकरणको लागि सिफारिस गरेको हो ।
पाँच वर्षभित्र नेपालले प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा प्रगति गरे नेपाल त्यस सूचीमा सन् २०२६ भित्र अटाउने छ ।
राष्ट्रसंघीय विकास नीति समिति (सीडीपी) ले हरेक तीन वर्षमा समीक्षात्मक विश्लेषण गर्दै सदस्य राष्ट्रहरुको विकासको प्रगति मूल्यांकन गर्दछ ।
नेपालसहित लाओस र बंगलादेश पनि कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतीका लागि सिफारिस भएका छन् ।
Categorized in राष्ट्रिय

