STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आन्तरिक छलफलमा नेपाल समूह

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ९, सोमबार

काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ।

आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए।

बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन्।

एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन। यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ।

नेपाल पक्षमा एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन्।

तर नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरूको अभ्यास गरेर अन्तर संघर्षलाई उत्कर्षमा पुर्‍याउने पक्षमा देखिन्छन्।

पार्टीलाई सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा फर्काइ दिएकाले सबै संरचनाहरु सोही ठाउँमा पुगेको तर्क नेपाल पक्षको छ।

Categorized in राजनीति