ओली-नेपाल वार्ता सकारात्मक : नेपाल पक्षको राजीनामा तत्काललाई टर्यो
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार
काठमाडौं - नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बूढानीलकण्ठ वार्ता सकारात्मक छलफलसँगै सकिएको छ।
करिब चार घण्टासम्म चलेको वार्ताबाट निस्कदै वरिष्ठ नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए। नेता नेपालका अनुसार दुई नेताबीच कार्यदल बनाएर पार्टी विवाद समाधान गर्नेगरी वार्ता सकिएको हो।
‘राजीनामा दुई–चार दिनलाई टर्यो’, ओलीसँगको वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘कार्यदल बन्छ।’
नेता नेपालका अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्कने वातावरण बनाउनका निम्ति कार्यदल बनाएर अगाडि बढ्नेगरी वार्ता सकारात्मक भएको हो। बैठकमा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन्।
Categorized in राजनीति

