नेवाः जागरण मञ्च जापानको चौथाे अधिवेशन हुँदै
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३०, शनिबार
टोकियो - नेवा:जागरण मञ्च जापानको चौथो अधिवेशन हुने भएको छ l मञ्चको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै मञ्चको चौंथौ अधिवेशन आउँदो अक्टोबर महिनामा गर्ने निर्णय गरेको हो l
बैठकले तेस्रो कार्यसमितिलाई पुनर्गठन गर्दै चौथो अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित समेत गरेको छ l
निवर्तमान अध्यक्ष जनकराज शाक्यले बताए अनुसार विविध कारणवश मञ्चको अधिवेशन गर्न नसकिएकोमा क्षमा याचना गरेको छ l
बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मञ्चका नियमित कार्यको साथसाथै चौथो राष्ट्रिय अधिवेशन आयोजनार्थ आवश्यक सम्पूर्ण तयारी पनि गर्ने निर्णय गरिएको छ l चौथो अधिवेशनलाई भव्य बनाउनको लागि आयोजक समितिमा निवर्तमान कार्यसमितिमा रहेका अधिकांश व्यक्तिहरु सदस्यको रुपमा रहेका छन् भने केही सदस्य पछि थप गरिने पनि जोशीले जानकारी दिए l
समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य श्याम तन्डुकारलाई दिइएको छ l साथै आयोजक समितिलाई आवश्यक
सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।
अधिवेशन आयोजक समितिको बैठक छिटै बसी आवश्यक
तयारीका साथै अन्य योजनाहरु निर्णय गरिने पनि जनाइएको छ ।


