STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

Janjati Khabar – रासस | २०७८ श्रावण ३२, सोमबार

काठमाडौँ - नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो । कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का सचिव एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका असन्तुष्ट पक्षलाई एकताबद्ध बनाइराख्न भरमग्दुर प्रयत्न गरिएको तर केही नेता विपक्षी मोर्चामै लीन हुन चाहेकाले समस्या पैदा भएको बताउनुभयो ।

सर्वाेच्च अदालतबाट गत असार २८ गते भएको फैसला बहुदलीय व्यवस्थाको मान्यतानुकूल नभएको जिकिर गर्दै उहाँले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्दै कोभिडको जोखिमलाई ख्याल गरेर चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने बताउनुभयो ।

Categorized in राष्ट्रिय