एमसीसी विषय छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७८ माघ २६, बुधबार
माघ २६, काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।
बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।


