STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाबहिलको सिरक-डसना स्टोरमा भीषण आगलागी

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २४, मंगलबार

काठमाडौं - मंगलबार साँझ ८ बजे काठमाडौं महानगरपालिका–६ चाबहिल, सरस्वतीनगरस्थित सिरक-डसना स्टोरमा भीषण आगलागी भएको छ।

गोपीकृष्ण हलको पछाडि रहेको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी हुँदा वरिपरिका घरमा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगलागी नियन्त्रणका लागि चार वटा दमकल पुगेको र आगो नियन्त्रण लिने काम भइरहेको बताइएको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।

Categorized in अपराध-दुर्घटना