कीर्तिपुरकाे मेयरमा कांग्रेसका नकर्मी विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार
काठमाडौं - कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी बिजयी भएका छन्। एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्।
उनले ९ हजार ४३ मत ल्याए। यस्तै बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाएकी छन्।
शाक्य जनता समाजवादी पार्टी (जसपा)की नेता हुन्। उनले रूख चिन्हबाट चुनाव लडेकी थिइन्। कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ।
कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो।
Categorized in उपत्यका

