‘घनचक्कर’लाई लाभ हुने दावी
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ११, शनिबार
नेपालभाषामा विभिन्न चलचित्रका साथ शर्टफिल्म र म्युजिक भिडियो बनाइसकेका निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको नेपाली चलचित्र ‘घनचक्कर’को बिहिबार प्रिमियर शोको आयोजना गरि शुक्रबार देखि सार्वजनिक प्रदर्शन आरम्भ गरिएको छ । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसी , आशान्त शर्माको प्रमूख भुमिका रहेको यस चलचित्रको प्रिमियरमा उपस्थित सिनेमाकर्मी तथा सञ्चारकर्मीले घनचक्कर हेरेर हलबाट निस्किँदै गर्दा मिश्रित प्रतित्रिया दिएका छन् ।
प्रचार-प्रसारमा तिब्रता बीच प्रदर्शनमा आएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । प्रिमियरमा उपस्थित चलचित्रको कलाकार तथा प्राविधिकहरुले रिलिज अगाडी आफुहरुले बोल्ने र रिलिज पछि सिनेमा नै बोल्ने विचार गरे । विशेष गरेर सौगात मल्ल अभिनित कबड्डी ४ को अपार सफलता र यो हप्ता कुनै ठुलो हलिउड बलिउड को फिल्म समेतको त्रास नभएकोले यो चलचित्रलाई फाइदा हुने विश्वास गरिएको छ ।
प्रियिमरमा वरिष्ठ निर्देशक तुलसी घिमिरे, निर्देशक सुवर्ण थपा, लेखक प्रदीप भारद्धाज, गीतकार राजेन्द्र थापा, अभिनेतता नरेन खड्का लगायतका थुप्रै चलचित्रकर्मीको उपस्थिति रहेको थियो । पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित यो थलचित्रमा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।
कमेडी जनराको ‘घनचक्कर’मा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘घनचक्कर’लाइ जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । ‘घनचक्कर’मा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् ।
‘घनचक्कर’मा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल , ममता प्रधान लगायतको पनि अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायाँकन रहेको ‘घनचक्कर’मा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गरेका छन् ।


