STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्रिमण्डल पुनर्गठन, एकीकृत समाजवादीले पठाए नयाँ मन्त्री

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौं - राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्। नेकपा एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ कोफ उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालय विज्ञप्तिमार्फत् जनाएको छ।

नयाँ सूचीअनुसार एकीकृत समाजवादीका तर्फबाट सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी प्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको हो। 

Categorized in राजनीति