STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वामदेव गौतमले खोले नयाँ राजनीतिक दल

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १४, मंगलबार

काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नाम नयाँ दल घोषणा गरेका हुन् ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) ,आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।

उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले विभाजन हुनुअघिको नेकपालाई पुनर्जीवित गर्नका लागि उनले राष्ट्रिय अभियानै चलाएका थिए । सोही अभियानको विस्तारित रुपलाइ उनले पार्टी घोषणा गरेका हुन् ।

उनले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताए । सदस्य गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको बताए ।

सदस्य गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्ठट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे । उनले आगामी ५ वर्ष नेपाली काँग्रेसले गठबन्धन गरेर अघि बढेपनि त्यसपछिका दिनमा काँग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको बताए ।

Categorized in राजनीति