STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक करोड राशीको रियालिटि शो हुने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ४, बुधबार

अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ । राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक त्यसरी सर्वाधिक ठूलो धनराशी सहितको दुई वटा रियालिटी शो  ‘मेरो भ्वाइस यूनिभर्स’ र  ‘मेरो डान्स यूनिभर्स आयोजना हुने भएको छ ।  यी दुबै शोका विजेताले जनही ७५ हजार यूएस डलर झन्डै एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् भने   फस्ट रनरअपले २० हजार डलर र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार स्वरुप पाउनेछन् ।  

यही अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ ।  यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने बताइएकोछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चल सहित क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने कुरा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले बताएका छन् । सर्वाधिक धन राशीको रियालिटि शो घोषणा कार्यक्रममा विशिष्ट चलचित्रकर्मि हरु नीर शाह , भुवन के सि, प्रियंका कार्की, दीपाश्री निरौला, निर्मल शर्मा,सुशील नेपाल , माधवराज खरेल लगायतका दर्जन कलाकर्मि हरुलाई अध्यक्ष अधिकारीले दोसल्ला ओढाइ ट्रफि प्रदान गरेका थिए ।

Categorized in साहित्य-कला