STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २८, शनिबार

नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बन्नु भएका अमर संगीतकार गोपाल योन्जनको ८०अौं जन्मजयन्तीको अवसरमा   नेवाः साधना कला केन्द्रको आयोजनामा एक सांगितिक कार्यक्रमका साथै वरिष्ठ संगीतकर्मि राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको छ ।  नेवाः साधना कला केन्द्रका संस्थापक बागमति भाइ सुन्दर मान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र निर्दशक प्रकाश सायमि प्रमुख अतिथीका रुपमा रहनु भएको थियो ।  

प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै सायमिले अमर संगीतकार गोपाल योन्जन एक शाकाहारी व्यक्ति हुनुहुन्थ्यो भने स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य मांसाहारी प्रकृतिका व्यक्ति हुनुहुन्थ्यो तर उहाँहरु बीचको मित्रता भने अवर्णीय थियो भनेर भन्नु भयो । कार्यक्रममा आयोजक संस्थाका रोजी श्रेष्ठ डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो । यस्तै गरी इन्दिरा कलानिधि महाविद्यालयका प्रमुख तथा विशिष्ट संगीत गुरु धनबहादुर गोपालिका साथमा विख्यात गीतकार हरु भुषण खरेल र विश्व बल्लभले गोपाल योन्जन का विविध पक्षमा प्रकाश पार्नु भएको थियो । 

नेवाः साधना कला केन्द्रको आयोजनामा शुक्रबार सम्पन्न सांगठनिक कार्यक्रममा गायन कलाकारहरु रोजी श्रेष्ठ डंगोल, शुद्ध लक्ष्मी श्रेष्ठ, राज गोपनलि, उत्तरा मानन्धर,शैलेश सिंह, देवेन्द्र मान सिंह,किशोर शाही ,बिजय मानन्धर, सुरेन्द्र श्रेष्ठ, सतिश महर्जन,कैलाश भुसाल, माधव दाहाल, सिद्दार्थ श्रेष्ठ लगायतले  गोपाल योन्जनद्वारा संगीतबद्द गीतहरु प्रस्तुत गर्नु भएको थियो भने विशेष  क्षमता बोकेकि प्रतिभा रुबी वैद्य ले पनि एक सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

Categorized in साहित्य-कला