STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"कैदीको पत्र"को ट्रेलर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र ३, शुक्रबार

सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र "कैदीको पत्र"को ट्रेलर विश्वव्यापी सार्वजनिक गरिएको छ। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर  ट्रेलर बेलायतबाट नै विश्वव्यापी सार्वजनिक भएको यो चलचित्र "कैदीको पत्र" बेलायतबाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र हो ।

"कैदीको पत्र"बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित छ ।  चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो । करिब चालिस दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक सनम कुमार बैरागले दिएका छन्। 

चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको वर्तमान फिल्मी चासोलाई दृष्टिगत गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागले बताए । नायक विक्रम दि जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशीको निर्माण रहेको छ।  

त्यस्तै, निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका पूर्व नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको समेत अभिनय रहेको छ। यसमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

बेलायतबाट सेप्टेम्बर महिनावाट चलचित्र "कैदीको पत्र" सार्वजनिक प्रदर्शन शुरु हुने भएको छ। त्यस्तै, नेपालभर आगामी नोभेम्बर महिनाबाट हुने भएको जानकारी पनि निर्देशक बैरागले दिएका छन्।

https://www.youtube.com/watch?v=xzLbMqE9BtU&t=6s

Categorized in सिनेमा