नक्सासहित वडामा उपस्थित हुन विशाल बजारलाई २४ घण्टे अल्टिमेटम
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १३, सोमबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ ।
सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ।
नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ ।
महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका भवनहरुको बेसमेन्ट खाली गराइरहेको छ ।
आजै महानगरले सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घन्टे अल्टिमेटम दिएको छ।
Categorized in उपत्यका

