STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूर्य चिह्नबाट चुनाव लड्दै कमल थापा

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २५, मंगलबार

काठमाडौं - राप्रपा नेपाल अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्नबाट चुनाव लड्दैछन् । यसका लागि उनी टिकट लिएर शनिबार साँझ हेटौंडा पुगेका थिए । थापाआइतबार दिउँसो १ बजे सुटुक्क उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

उनले भाइ गणेश थापा, श्रीमती प्रलिता थापा र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई उनी गाडीमा गएका थिए।

राष्ट्रिय राजनीतिमा छाइरहने थापाले २०३८, २०४३, २०४८, २०५१, २०५६, २०६४ र २०७४ मा निर्वाचन लडेका हुन्। तर, उनले २०४३ र २०५१ मा मात्र जित हात पारे। एमालेका कृष्ण दाहालसँग तीनपटक हार बेहोरे। थापाको यो पटक भने प्रतिस्पर्धी फेरिएका छन्। उनीसँग गठबन्धन दल कांग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चुनावी प्रतिस्पर्धामा छिन्। 

राप्रपा परित्यागपछि थप जनाधार कमजोर भएका थापाले यो पटक भने एमालेको बैसाखी टेकेका हुन्। 

मकवानपुर २ मा गठबन्धन दल एकीकृत समाजवादीबाट पूर्वस्वास्थ्यमन्त्री बिरोध खतिवडा र एमालेबाट महेश बर्तौलाले मनोनयन दर्ता गराएका छन्। 

Categorized in राजनीति