STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आचारसंहिता उल्लंघन गरेपछि कारबाहीमा काठमाडौं–१६ का वडाध्यक्ष

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १७, बिहिबार

निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना लगाएकाे छ । आचारसंहिता विपरीत उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेकाे हाे । 

निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम आयोगले जरिवाना लगाइएको हो । आफ्नो क्षेत्रमा जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

आयोगले सोधेको स्पष्टीकरणमा उनले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि प्रचार प्रसारमा सहभागी नभएको जवाफ दिएका थिए । तर, आयोगले उनी सहभागी भएको प्रमाण पाएपछि जरिवाना लगाएको हो ।

१२ असोजदेखि लागू भएको आचारसंहिता उल्लंघनमा ७१ व्यक्ति र संघसंस्थालाई आयोगले स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघनमा यसपटक पहिलो कारबाहीमा वडाध्यक्ष रिजाल परेका हुन् ।

Categorized in राजनीति