STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधव नेपालका भाईको रेष्टुराँकाे छतबाट खसेर मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २१, आइतबार

काठमाडाैं - नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते भएका थिए।

रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन् । उनी ६२ वर्षका थिए । 

Categorized in अपराध-दुर्घटना