STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : शिक्षामन्त्री राई

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १७, शुक्रबार

काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे।

उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउनेछौँ ।”

मन्त्री राई गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचमा सुनसरी–१ बाट निर्वाचित भएका थिए। मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङ्बाट नेकपा (एमाले) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Categorized in राजनीति