STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २८, शुक्रबार

काठमाडौं- दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन्। 'पुष्पा २' का अभिनेता  अल्लूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

सन्ध्या थियटरमा 'पुष्पा २' को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए। 

यस घटनामा मृतकका आफन्तहरूले अल्लू अर्जुनविरूद्ध पनि जाहेरी दिएका थिए। यसै मामिलामा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका कमिशनरको टोलीले उनको घर पुगेर अल्लूलाई नियन्त्रणमा लिएको हो। मृतक महिलाको नाम रेवती बताइएको छ। एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म 'पुष्पा २' मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। 

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

Categorized in सिनेमा