STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रयागराज महाकुम्भमा साढे आठ करोड भक्तजनले गरे स्नान

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ७, सोमबार

प्रयागराज - महाकुम्भ मेलाको आठौं दिन सोमबार अपरान्ह ४ बजेसम्म साढे आठ लाख जना भक्तजनले स्नान गरेका छन् । सोमबारमात्रै ५० लाखले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । 

यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरेका थिए । उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए । “यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।”, अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पारे । 

“सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।” मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिएका थिए । 

१३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ । यो महाकुम्भ अहिलेसम्मकै ठूलो हो । यस्तो महाकुम्भ प्रत्येक १२४ वर्षमा लाग्ने गर्छ । सामान्यतया कसैले पनि दुई पटक यो महाकुम्भ देख्न पाउँदैनन् । भारतीय पूर्व राष्ट्रपति रामनाथ कोविन्द पनि महाकुम्भमा पुगेका छन् । उनले जब हामीले भगवान् रामलाई मान्छौँ भने रामका भनाइ मान्न किन गाह्रो भएको भनी प्रश्न गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय