STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टेकुको ढलमा एक पुरुष खस्यो : उद्धारपछि उपचार गरिँदै

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २५, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए । उद्धार गरिएका व्यक्ति अन्दाजी ३१र३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ ।

आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए । ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो । प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् ।

Categorized in अपराध-दुर्घटना