STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आशा भोसले रहेनन्

Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र ३०, सोमबार

काठमाडौं - भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् ।

हिन्दी सिनेमालगायत उनले अनेक नेपाली चलचित्रमा पनि पाश्व गायन गरेका थिए । उनले चिनोको तिहार गीत - दियाे बाली..., प्रेमपिण्डको गैरीखेतकाे... जस्ता अनेकौं लोकप्रिय नेपाली गीत पनि गाएका थिए ।

Categorized in व्यक्तित्व