बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २२, सोमबार
राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुको अतुलनीय योगदान रहेको छ ।
यसै गरी सोही वर्षको राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार वरिष्ठ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि नेपाली रङ्गमञ्च र चलचित्रका क्षेत्रमा अभिनयका माध्यमबाट गुरुङले गरेको योगदान अविस्मरणीय रहेको छ । समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा बसेको समाजको वैठकले सो निर्णय गरेको हो । आगामी साउन महिनामा स्व. सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिने दुवै पुरस्काको राशी २२, २२२।— रहेको छ ।
Categorized in राष्ट्रिय

