STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाकाे बाखंदबूकाे नयाँ अङ्क सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २२, सोमबार

नेपालभाषा कथा विधाकाे विकास र प्रवर्द्धनकाे लागि संस्थागत रूपमा सक्रिय भई लागिपरेकाे संस्था बाखंदबूले नियमित रूपमा प्रकाशन गर्दै आइरहेकाे बाखंदबूकाे १३ औँ  अङ्क काठमाडौँकाे न्ह्याेखास्थित कन्या मन्दिर स्कूलकाे सभाहलमा एक समाराेह बीच लाेकार्पण गरीयाे । साेहि  कार्यक्रममा  कथाभित्रकाे सैद्धान्तिक चर्चा र अन्तरक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको  छ   । उक्त कार्यक्रममा उपप्राध्यापक राजिव बहादुर श्रेष्ठले कथा लेखन गर्दा यसकाे सैद्धान्तिक पक्षलाई अंगाल्न जाेड दिनु हुँदै कथा लेखनमा कलाकाे प्रयाेगले ठूलाे भूमिका खेल्ने बताउनुभयाे ।  

त्यसैगरी  उपप्राध्यापक एवं साहित्यकार शरद कसा:ले आफ्ना भावनात्मक अभिव्यक्तिलाई साहित्य लेखनमा उतारेर सैद्धान्तिक विषयलाई पनि समेटेर आफ्नाे लेखनकार्यलाई क्रमिक सुधार गरेर गएमा अझ सुन्दर बन्ने बताउनुभयाे । 

कार्यक्रमकाे  सभाध्यक्षकाे आसनबाट  बाखँदबूकाे ५ जना संरक्षक मध्येकी एक, साहित्यकार लाेचनतारा तुलाधरले बाखँदबूभित्र रहेका कथाहरू मध्ये ५ वटा कथाहरूबारे चर्चा गर्नुहुँदै कथा लेखनकाे प्रारम्भिक चरण सिकाइबाट आफूलाई क्रमश: परिमार्जित गर्दै कुशल कथाकार बन्न सकिने भएकाेले कसैले पनि हिनताबाेध गरिरहनु पर्ने आवश्यक नभएकाे बताउनुभयाे । त्यसैगरी उपसभाध्यक्ष डा. रीना तुलाधर बनियाले बाखँदबूभित्रका कथाहरूमध्ये ५ वटा कथाहरूकाे समीक्षा गर्नुहुँदै कथा लेखन गर्दा पात्र परिचय झल्किने खालकाे, विवरण कम तर  विषयवस्तु प्रभावकारी रहेकाे कथाहरूले पाठककाे मन छुने बताउनुभयाे । 

बाखँदबूका व्यवस्थापन मध्येकी एक, साहित्यकार दिव्या ताम्राकारकाे  सहजिकरणमा सञ्चालित उक्त कार्यक्रमका अतिथिलगायत सहभागी सम्पूर्णलाई साहित्यकार बद्री वेदनाले कृतज्ञता ज्ञापन गर्नुहुँदै बाखंदबूकाे यात्रा निरन्तर जारी रहने बताउनुभयाे । 

साेही दिनकाे अन्तरक्रिया कार्यक्रममा आफ्नाे धारणा राख्नुहुँदै कथाकार मचाकाजी महर्जन, सविता महर्जनलगायतले बाखंदबूकाे सफलताकाे कामना गर्नुभयाे । 

उक्त कार्यक्रममा बाखंदबूभित्र रहेका ४८ वटा कथाहरूकाे भाषा सम्पादन गरी महत्वपूर्ण भूमिका निभाउनु हुने पाैभा: सायमि र आवरण चित्रकाे लागि महत्वपूर्ण याेगदान गर्नुहुने रीता मानन्धरलाई बाखंदबू संस्थाकाे तर्फबाट मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

Categorized in साहित्य-कला