STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिनेता रबिन्द्र शाहीले शुरु गरे निर्देशन यात्रा

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २८, आइतबार

नेपालभाषाका चलचित्रहरुका सकृय  निर्देशक तथा  कलाकार रबिन्द्र शाहीकाे निर्देशनमा नेपाली भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

उनले पहिलोपटक ‘कति बस्छौ माइतीघर’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन । पारिवारिक भावना, सामाजिक यथार्थ र मौलिक संस्कृतिलाई समेटिएको उक्त गीतका रचनाकार इन्द्र खड्गी हुन । गीतमा किशोर कुमार शाहीको स्वर र संगीत रहेको छ भने देवकुमारी खड्गीको स्वरमा साथ दिएकि छिन्  ।

याे गीतको एरेन्ज सुमन कपालीले गरेका हुन भने म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठले  अभिनय गरेका छन ।  छायांकन तथा सम्पादन ओम प्रकाश अवस्थीको रहेको छ । कोरियोग्राफी राजन शाहीको रहेको छ ।

नेपालभाषा तथा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनेता, निर्देशक तथा सर्जकका रूपमा सक्रिय रहेका शाहीले नेपाली चलचित्र जगतका लाेकप्रिय अभिनेता कर्मा र खुश्बु खडका अभिनित " भ्रम " चलचित्र निर्देशन गरिसकेका छन् र  म्युजिक भिडियो निर्देशनमार्फत पनि आफ्नो सिर्जनात्मक क्षमताकाे यात्रा शुुुुरु   गरेका छन । 

निर्देशक शाहीले म्युजिक भिडियो निर्देशनमा पनि दर्शकको विश्वास जित्ने लक्ष्य रहेको छ । 

अभिनयबाट दर्शकमाझ स्थापित भएका रबिन्द्र शाहीको म्युजिक भिडियो निर्देशन यात्रालाई चलचित्रकर्मी तथा दर्शकले सकारात्मक रूपमा लिएका छन । 

Categorized in सिनेमा