STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अदुवाको बीउ माग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३०, सोमबार

अदुवा रोप्ने मौसम सकिन लाग्दा पनि सुनसरीका किसानले बीउ पाएका छैनन् ।  गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए । 
थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो एक सय ५५ रुपैयाँदेखि एक सय ६५ रुपैयाँसम्म रहेको छ । गतवर्ष यही बेला भारतले नेपाली अदुवा निर्यात रोक्दा नबिकेर अदुवा कुहिएर बारीमा नष्ट भएको थियो । निर्यात सहज भएमा आउँदो जेठ–असारमा नेपाली अदुवाले थोक मूल्य प्रतिकिलो दुई सय रुपैयाँ भन्दा बढी हुनसक्ने धरानस्थित कृषिउपज बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । 
धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, मोरङको उत्तरी भेग, सुनसरीका पहाडीक्षेत्रमा उत्पादित अदुवा धरानको कृषिबजारमा सङ्कलन भएर वार्षिक १० हजार मेट्रिक टन भारतीय बजारमा निर्यात हुनेगरेको छ । यो वर्ष अदुवाको उत्पादनमा वृद्धि हुने सङ्केत देखिएको र मूल्य बढ्दै गएमा धरानको कृषिबजारबाट मात्र करीब एक अर्ब ६० करोडको निर्यात अनुमान रहेको भट्टराई बताउनुहुन्छ । 
Categorized in राष्ट्रिय