STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिडी, डिभिडी र मोबाइलका कारण सिनेमाघर बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन्् । 
विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र मन्दिरबाहेक अधिकांश सिनेमा घर बन्द भइसकेका छन् । 
 
सूचना र प्रविधिको विकासले अहिले सिनेमाघर बन्द हुँदा करोडौँ रुपैयाँ घाटा भएको सिनेमा घर सञ्चालकले बताएका छन् । एकदशक अघिसम्म सिरहामा आधादर्जन सिनेमा घर सञ्चालित थिए ।  सिनेमाघर बन्द रहँदा करोडौँ मूल्य बराबरको सम्पत्ति प्रयोगविहीन हुनाका साथै भवनसमेत जीर्ण भएका छन् । नयाँ चलचित्र शुभारम्भ गर्नासाथ बजारमा त्यसको सिडी र डिभिडी उपलब्ध हुने भएकाले पनि चलचित्र घरसम्म पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या अहिले निकै कम भइसकेको छ ।
 
लहानस्थित श्याम चलचित्र मन्दिरका सञ्चालक नीरज गुप्ताले भन्नुभयो, “बिस्तारै बिस्तारै सिनेमाप्रति सर्वसाधारणका चाहना घट्दै गएको छ । पहिलापहिला सिनेमा हलमा दर्शकको भीड हुन्थ्यो अहिले त विरलै हल भरिने गरेको छ ।” सर्वसाधारणको चलचित्रप्रति चाहना घट्दै गएकाले सिनेमाघर सञ्चालन गर्न समस्या भइरहेको गुनासो गर्दै उहाँले जोड दिनुभयो, “दर्शक कम भएपछि लगानीको अनुपातमा आम्दानी कम हुन्छ, लगानी बढी हुने भएकाले हल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।”
 
“बजारमा सस्तो मूल्यमै पाइने सिडी, डिभिडी र मोबाइलमा विभिन्न किसिमका फिल्म हेर्न पाइहाल्छ, अनि किन सिनेमा हेर्न सिनेमा हल जानुप¥योरु” स्थानीयवासी सत्यनारायण चौधरी भन्नुहुन्छ, “अब तीन घण्टासम्म सिनेमाघर बसेर सिनेमा हेर्नुपर्ने बाध्यता टरेर गएको छ । घरमै बसेर जतिखेर पनि इच्छा लागेको फिल्म हेर्न पाइहालिन्छ नि ।” 
 
बजारमा तीन–चार हजारसम्ममा पाइने सिडी, डिभिडी भाडामा पाइने भएकाले सिनेमाघर जानुपर्ने बानी छुटिसकेको जानकारी दिँदै उहाँ बताउनुहुन्छ, “थोरै पैसामा सबै परिवार एकै ठाउँमा बसेर फिल्म पनि हेरिहालिन्छ, समयको पनि बचत हुन्छ, यसैले सिनेमा हलमा पुगेर सिनेमा हेर्ने बाध्यता अहिले छैन । ”
Categorized in राष्ट्रिय