STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२० चेपाङलाई रोजगार

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार

चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।  
  
एसएलसी दिएपछि  पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “ एसएलसी दिएपछि घरमै  बसिरहेको थिएँ, अहिले  गाउँमै  रोजगार हुन पाउँदा खुशी छु ।” अर्का हर्कबहादुर प्रजाले पनि काम पाएकाले अब परिवारले सास्ती बेहोर्नु नपर्ने भन्दै खुशी व्यक्त गर्नुभयो । बिहान बेलुका के खाने भन्ने समस्याबाट तत्कालका लागि मुक्ति मिलेको उहाँको भनाइ थियो ।  
 
आज यहाँ आयोजित कार्यक्रममा नगरको विपन्न चेपाङ समुदायको बहुल्यता रहेको वडा नं ११ को दाबलिङबाट २० चेपाङलाई काम दिएर उक्त कार्यक्रम शुरु गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो । उहाँले श्रममा विश्वास गर्दै स्वरोजगार बन्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयोे ।     
                                                                  
वडा नं ११ मा ५८ जना रोजगारका लागि सूचीकृत भएकामा पहिलो चरणमा २० जनालाई रोजगार दिइएको हो । उनीहरूले दैनिक रु ६०० का दरले पारिश्रमिक पाउनेछन् ।  नगरपालिकामा तीन हजार १९६जनालाई  रोजागारका लागि सूचीकृत गरिएकामा यो वर्ष २२० जनालाई रोजगार दिनेसमेत स्वरोजगार कार्यक्रम संयोजक हरिशरण सोतीले जानकारी दिनुभयो । सो कार्यका लागि नगरपालिकाले  रु १९ लाख छुट्याइएको छ । 
Categorized in राष्ट्रिय