STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरी बिटमा मासु पसल

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए । जिल्ला संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु व्यवसायी रिजवानले प्रहरी नभएको भरपुर फाइदा उठाउँदै प्रहरी बिटको दुरुपयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ । प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको दाबी गर्नुभयो । पोष्ट बन्यो, प्रहरी छैनन् राप्तीसोनारी गाउँपालिका–५ का स्थानीयवासीले शान्ति सुरक्षाको माग गरेपछि अलिनगरमा अस्थायी प्रहरी पोष्ट तयार भयो । घर, शौचालय र भान्सा तयार भयो । स्थानीयको श्रमदान र रु पाँच लाखको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको एक महीना बितिसक्दा पनि प्रहरी भने त्यहाँ पुग्न सकेको छैन । “अस्थायी प्रहरी पोष्ट तयार हुँदासमेत प्रहरी आउने सुरसार छैन”, स्थानीयवासीसमेत रहनुभएका वडा नं ५ का वडाध्यक्ष झगरु थारूले भन्नुभयो, “जिल्लामा एसपीसा’बसँग सुरक्षाकर्मी पठाइदिन धेरै पटक आग्रह गरिसक्याँै, उहाँले छिट्टै पठाउँदैछौँ भन्नुहुन्छ, तर अहिलेसम्म पठाउनुभएको छैन ।” जनशक्ति कम भएका कारण तत्काल पठाउन नसकिएको बताउँदै त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएको बताउँदै बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले पठाउने प्रक्रियामै रहेको जानकारी दिनुभयो । राप्तीसोनारी–४ धामपुरमा रहेको प्रहरीलाई निकै लामो दूरी पर्ने, जङ्गल क्षेत्र र घटना बढ्दै गएकाले तत्काल प्रहरी पोष्टमा प्रहरी पठाउनुपर्ने माग स्थानीयवासीको छ । प्रहरी पोष्ट तयार भइसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयवासी कैलाश थारूले भन्नुभयो, “हामीले निकै पहिलेदेखि पहल गरेका हौँ, पहिले संरचना अभाव देखाइयो, त्यो पनि तयार गरिसकेपछि तत्काल प्रहरी आएर बस्नुपर्छ ।”
Categorized in राष्ट्रिय