STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त ः पूर्वमन्त्री यादव

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार

पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएकाले छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश नं २ मा भ्रष्टाचार गर्न मन्त्रीमन्त्रीबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै विगतमा जिल्ला विकास समितिमा असारमा बजेट विनियोजन र खर्च गर्ने प्रवृत्तिलाई प्रदेश नं २ को सरकारले पुनरावृत्ति गरेको बताउनुभयो । केन्द्रीय सदस्य यादवले उपभोक्ता समितिमार्फत सरकारले पार्टीका कार्यकर्ता, छोरा र नातागोतालाई कमाउने अवसर प्रदान गरेको आरोप लगाउँदै जेठ ३१ गतेसम्म रु पाँच अर्ब ७३ करोड ५८ हजार अर्थात् कूल बजेटको ११ प्रतिशत मात्र खर्च गर्न सकेको सरकारले असार महिनाको २३ दिनमा रु चार अर्ब ३१ करोड ३२ लाख ३८ हजार ४९१ अर्थात् कूल बजेटको २४ दशमलव ६९ प्रतिशत बजेट खर्च गरी भ्रष्टाचार गरेको तथ्य प्रस्तुत गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले २३ दिनमा अनियमित ढङ्गले बजेट खर्च गर्नेमा नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य छन् भने त्यसको पनि छानविन हुनुपर्दछ भन्नुभयो । केन्द्रीय सदस्य यादवले प्रदेश नं २ मा जनताको सरकार नभई ठेकेदारको सरकार भएको अवस्था रहेको टिप्पणी पनि गर्नुभयो ।
Categorized in राष्ट्रिय