STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार

बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महनिर्देशक योगेन्द्र गौचनले दशैँ, तिहार तथा छठ जस्ता मुख्य पर्वलाई लक्षित गरी बिक्रीस्थलमा म्याद समाप्त भएका वस्तु अलग्गै छुट्याइ राख्ने, म्याद समाप्त भएका वस्तु सडी गली जाने भए वा त्रुटिपूर्ण उत्पादनका वस्तु भए नष्ट गर्ने र तत्कालै सडी, गली नजाने म्याद समाप्त भएका वस्तु जहाँबाट खरीद भएको हो त्यही फिर्ता गर्न उपभोक्तालाई सुझाव दिनुभयो । उहाँले कुनै पनि वस्तु खरीद गर्दा मूल्यसूची अनिवार्य हुनुपर्ने कुरा बताउनुभयो । उहाँले बजार अनुगमन साथै आपूर्ति अनुगमन पनि जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारले तोकेको वा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु वा सेवा बिक्री गर्ने जस्ता कुरामा व्यवसायीलाई ध्यान दिन अनुरोध गर्नुभयो । साल्टट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकाका ११ र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यका बाहिर १८ स्थानमा गरी कूल २३ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले उपत्यकाभित्र चार स्थान र उपत्यबाहिर ११ स्थान गरी १५ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ । उपत्यकाभित्र सञ्चालनमा आउने यस्ता पसलहरु कालिमाटी, कोटेश्वर, टेकु रामशाहपथ, सतुङ्गल, ललितपुर, भक्तपुरलगायतका स्थानहरुमा रहनेछन् ।
Categorized in बिजनेस