STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सनराइजले ऋणपत्र निष्काशन गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुल्ला रहने बैंकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रु तीन अर्बमध्ये १२ लाख कित्ता बराबरको रु एक अर्ब २० करोडको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८ लाख कित्ता बराबरको रु एक अर्ब ८० करोडको ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिलाई बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिने छ । केयर रेटिङ नेपाल लिमिटेडले ‘न्यून कर्जा जोखिम’ रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम् २५ कित्ता र अधिकतम तीन लाख कित्ताको लागि आवेदन गर्न पाउने छन् । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ । विसं २०६४ असोज २५ मा स्थापना भई रु आठ अर्ब १५ करोड चुक्ता पूँजी रहेकोमा बैंकको १२औँ साधारणसभाबाट १० प्रतिशत बोनस शेयर पारित भइसकेकाले हाल चुक्तापूँजी रु आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३८ कायम भएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित बैंकले १२२ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, आठ एक्सटेन्सन काउण्टर, १४२ एटिएममार्फत आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Categorized in बिजनेस